FAQs Complain Problems

सूचना तथा समाचार

बडा नं. ३, ४, ५, ६, ७, ९, १२ र १३ गरी जम्मा ८ वडाहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुदैं ।

W-Wash-CC र नगरस्तरिय अनुगमन समितिको अनुगमन पश्चात सिफारिश भएका यस नगरपालिकाका बडा नं. ३, ४, ५, ६, ७, ९, १२ र १३ गरी जम्मा ८ वडाहरु खुल्ला दिसामुक्त क्षेत्र घोषणाको कार्यक्रम मिति २०७१ चैत्र १९ गते जिविस सभाहलमा हुदैं ।

खुल्ला दिसामुक्त वडा घोषणाको लागि अनुगमन।

भीमेश्वर नगरपालिका वडा नं १,३,४,५,६,७,९,१०,१२ र १३ मा नगरस्तरिय अनुगमन समितिबाट सौचालय भए नभएको सन्दर्भमा निरिक्षण सम्पन्न भयो | अनुगमन समितिबाट वडा नं १ र १० बाहेक अन्य केहि वडाहरूमा सामान्य सुधार गरी खुल्ला दिसामुक्त वडा घोषणा गर्न सिफारिस गरिएको छ |

भीमेश्वर नगरपालिका कार्यालय नयाँ भवनमा सरेको बारे |

भीमेश्वर नगरपालिका कार्यालय मिति २०७१ साल फाल्गुन २५ गते देखि भी.न.पा. वडा नं. १ स्थित गौरीशंकर क्याम्पस नजिक आफ्नै भवनमा सरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ |

 
 

भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि निर्माणकर्मी (डकर्मी) तालिम कार्यक्रम |

भीमेश्वर नगरपालिका, शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन काभ्रे र भूकम्प प्रविधि राष्ट्रिय समाजका आयोजनामा मिति २०७१ फागुन १२ देखि १६ सम्म भूकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी निर्माणकर्मी (डकर्मी) तालिम कार्यक्रम सन्चालन |

Pages