समाचार
संक्षिप्त परिचय

२७ डिग्री ३६ मिनेट उत्तरदेखी २७ डिग्री ४४ मिनेट उत्तरी अक्षांशसम्म र ८५ डिग्री ५८ मिनेट पूर्वदेखी ८६ डिग्री ६ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस नगरपालिकाको क्षेत्रफल १३३ वर्ग कि.मि. रहेका छ भने पूर्व पश्चिम लम्बाई १७ कि.मि.सम्म र उत्तर दक्षिण चौडाइ १० कि.मि.सम्म रहेको छ । यस नगरपालिकाको पूर्वमा वैतेश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा शैलुङ्ग गाउँपालिका पर्दछन् । पहाडी प्रदेश अन्तर्गत पर्ने र न्यूनतम ८४० मिटर (चर्नावती त्रिवेणीधाम) देखि अधिकतम ३५४९ मिटर (गणेश थुम्की) सम्मका उचाइमा रहेका यस नगरपालिकाको केन्द्र चरिकोट १९७० मि. उचाइमा रहेको छ । नगरपालिकाको तल्लो भागमा उतोष्ण हावापानी पाइन्छ भने मध्ये भागमा न्यानो समशितोष्ण हावापानी र माथिल्लो भागमा शितोष्ण हावापानी पाइन्छ ।
वि.सं. २०६८ सालको जनगणना अनुसार नगरपालिकाको जनसंख्या ३२,४८६ (पुरुषः १४,९८० र महिलाः १७,५०६) र घर परिवार ८,६३९ रहेको छ । जातिगत दृष्टिीकोणबाट यस नगरपालिकामा क्षेत्री २९.७४ प्रतिशत, नेवार १८.०६ प्रतिशत, तमाङ १५.६२ प्रतिशत, थामी १२.५५ प्रतिशत, बाहुन ११.०८ प्रतिशत, कामी ३.४१ प्रतिशत, घर्ती÷भुजेल १.९७ प्रतिशत, सार्की १.७६ प्रतिशत र अन्य ५.८१ प्रतिशत जातजातिहरूको बसोबास गर्दछन् । धार्मिक दृष्टिकोणले हिन्दु, बौद्ध र क्रिस्चियन धर्म मान्ने मानिसहरूको बसोबास रहेको पाइन्छ । यस नगरपालिकाको साक्षरता ६८.९१ प्रतिशत (पुरुषः ७९.६२ प्रतिशत र महिला ः ५९.८८ प्रतिशत) रहेको छ ।
भीमेश्वर नगरपालिकाको १) श्रोत नक्शा