FAQs Complain Problems

सेवाकरारमा जनशक्ति लिने बारेको सूचना

Notice

प्रकाशन मिति: २०७४-०७-३० नेपाल समाचार पत्र

यस कार्यालयलाई चालु आर्थिक वर्षको लागि देहायको जनशक्ति आवश्यक परेकोले यो सूचना प्रकाशन भएको मितिले १५(पन्द्र) दिनभित्र आइपुग्ने गरी ict.bhimeshwor@gmail.com मार्फत कार्यालयमा निवेदन पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । इच्छुक उमेदवारले निवेदनसाथ व्यक्तिगत विवरण (CV), नागरिकताको प्रमाणपत्र शैक्षिक योग्यताको प्रमाणपत्र एवं अनुभवको प्रमाणपत्रको स्क्यान गरिएको प्रति इमेल गरी पठाउनु पर्ने छ । समय नाघेर आएको एवं अपुरो निवेदन छनौट प्रकृयामा समावेश गरिने छेैन । उमेदवारको आवश्यक शैक्षिक योग्यता एवं अनुभव, कार्यविवरण, छनौट मापदण्ड एवं पारिश्रमिक तथा सुविधा लगायतका विस्तृत विवरण कार्यालयको ओएव साइट www.bhimeshwormun.gov.np मा हेर्न सकिने छ । Short  list भएका उमेदवारलाई छनौट समितिले लिने अन्तरवार्ता सम्बन्धी जानकारी Email मार्फत पठाइने छ । साथै सेवा करारको अवधि २०७५ अषाढ मसान्त सम्म रहने व्यहोरा समेत जानकारी गराइन्छ ।
देहाय :
१, सुचना प्रविधि अधिकृत संख्या १
२, सव इन्जिनियर संख्या ५ 
३, स्टाफ नर्स संख्या १
४, असिस्टेण्ट सव इन्जिनियर संख्या ५ 

 

Supporting Documents: