FAQs Complain Problems

नगर बिकास कोषसँगको साझेदारी कार्यक्रम।

यस भीमेश्वर नगरपालिका कार्यालयको अनुरोधमा नगर विकास कोष (TDF) को प्राबिधिक सहयोगमा यसै आ.ब.मा निम्नानुसारको योजनाहरुको अध्ययन भैरहेको छ ।

१. सार्वजनिक शौचालय सहितको बहुउद्वेश्यीय भवन 
(Multipurpose Building with Public Toilet)

२. शहरी बाताबरण सुधार योजना 
(Urban Environment Improvement Project)

३. भीमेश्वर खानेपानी योजना 
Bhimeshwor Water Supply Project)

४. दोलखा साँस्कृतिक संरक्षण योजना 
Dolakha Heritage Conservation Project

माथि उल्लेखित योजनाहरु मध्ये नं. १ को सार्वजनिक शौचालय सहितको बहुउद्वेश्यीय भवन (Multipurpose Building with Public Toilet) योजनाको त्रिपक्षीय संझौता (नगरपालिका, नगर बिकास कोष र कन्सल्टेन्सी) भैसकेको र अन्य योजनाहरुको TOR तयार भैसकेको छ । हालको कृषि उपज बजार भएको स्थानमा निर्माण हुने "सार्वजनिक शौचालय सहितको बहुउद्वेश्यीय भवन"को प्रारम्भिक प्रतिबेदन अनुसार तयार भएको डिजाइन इष्टिमेट अनुसार चार तले सो भवनको लागत रु. सात करोड भएकोमा मिति २०६८ चैत्र १० गतेको सर्वपक्षिय भेलाको छलफलबाट आएको सुझाव अनुसार सात तले हुने सो भवनको हालको लागत रु. पन्ध्र करोड छ । सो भवनको अधिकतम प्रयोगको लागि चरिकोट स्थित बैंकहरुसँग समेत छलफल सम्पन्न भयो । सो भवनको डिजाइन इष्टिमेट तयार गर्ने जिम्मा पाएको अरनिको डिजार्इनर्स एण्ड प्लानर्स् प्रा. लि. ले अन्तिम प्रतिबेदन तयार गर्दै रहेको छ ।