समाचार
धरान उप महानगरपालिका र भीमेश्वर नगरपालिका बीच अन्तरक्रिया कार्यक्रम
धरान उप महानगरपालिकाका वडा अध्यक्ष एवम् सामाजिक विकास शाखाका संयोजक श्री नेत्र प्रसाद काफ्लेको नेतृत्वमा नगर बाल संजालका पदाधिकारीहरु, कर्मचारीहरु समेतको टोली र भीमेश्वर नगरपालिका बीच नगर कार्यपालिकाको कार्यालय, चरिकोट, दोलखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रमको अध्यक्षता भीमेश्वर नगरपालिकाको कार्यबाहक नगर प्रमुख एवम् नगर उपप्रमुख श्री कमला बस्नेतले गर्नुभएको थियो | कार्यक्रममा एक आपसमा परिचय, यस नगरपालिकाले बालमैत्री घोषणाको चरणमा अपनाएका प्रक्रिया र चरणहरु, दिगोपनाका लागि गरिएका प्रयासहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत श्री मान बहादुर खड्काले प्रस्तुती गर्नु भएको थियो | सोही अवसरमा धरान उप महानगरपालिकाले २० वटा वडा मध्ये ८ वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकेको र बाँकी वडालाई छिट्टै घोषणा गर्ने लक्ष्य रहेको अनुगमन टोलीका संयोजक श्री नेत्र प्रसाद काफ्लेले जानकारी गराउनु भएको थियो |