समाचार
आ.व. २०७७/७८ मा विनियोजित आयाेजनाहरुकाे उपभोक्ता समितिका पदाधिकारीहरु (अध्यक्ष, सचिव र काेषाध्यक्ष)काे अभिमुखिकरण कार्यक्रम सम्पन्न
आव २०७७/७८ मा विनियोजित आयाेजनाहरुकाे उपभोक्ता समिति(उ.स.)का पदाधिकारीहरु (अध्यक्ष, सचिव र काेषाध्यक्ष)काे अभिमुखिकरण कार्यक्रम यही असाेज २ गते वडा नं. ६ बाट शुरु, वडा नं. १ मा ४ गते, वडा नं. ३ र ४ मा ९ गते, वडा नं. ८ मा १० गते, वडा नं. ७ मा ११ गते, वडा नं. ९ र २ मा १३ गते आज १४ गते वडा नं. ५ बाट सम्पन्न भयाे । उत्त कार्यक्रममा उ. स. का पदाधिकारीहरुले आफूले गर्नुपर्ने कार्य, प्राविधिकले गर्ने कार्य, वडाले गर्ने कार्य, याेजना/प्राविधिक शाखाले गर्ने कार्य, लेखा शाखाले गर्ने कार्य एवं अनुगमन समितिले गर्ने कार्यहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएकाे हाे ।
विशेषत: याेजना संझाैता गर्नेदेखि याेजना सम्पन्न गर्दा उ.स. र नपाले गर्नुपर्ने कार्यहरु सम्बन्धि विस्तृत छलफल भएकाे थियोे । याेजना संझाैता गर्दा, बैक खाता खाेल्दा, रनिङ विल/अन्तिम विलकाे भुक्तानीका कागजातहरु, प्राविधिकले आयाेजनाकाे शुरुमै दिने लाइन/लेभल, कार्य शुरु हुनु अगाडि, हुदाहुदै र सम्पन्न भए पश्चात्, तीन तहकाे अनुगमन, डाेर हाजिरी एवं सार्वजनिक सुनुवाइ सम्बन्धि विस्तृत रुपमा छलफल भयाे ।