FAQs Complain Problems

तेस्रो नगरसभा सम्पन्न

भीमेश्वर नगरपालिकाको तेस्रो नगर सभा मिति २०७५ साल असार १० गते आईतवार सम्पन्न भयो ।  नगर प्रमुख भरत बहादुर के.सी.ज्यूको अध्यक्षतामा संचालन भएको सभामा नगर सभाका माननीय सदस्य एवं नगर उप-प्रमुख कमला बस्नेतज्यूले आ.व २०७५/७६ को लागि चालु तर्फ रु ४१ करोड ८५ लाख २५ हजार, पूँजिगत तर्फ रु ३३ करोड ४० लाख ५९ हजार र वित्त व्यवस्थापन तर्फ रु १५ लाख गरी जम्मा रु ७५ करोड ४० लाख ५९ हजारको वार्षिक बजेट प्रस्तुत गर्नुभयो साथै नगरपालिकाको विनियोजन विधेयक, २०७५ र आर्थिक विधेयक, २०७५ सभा समक्ष पारितका लागि टेवल गर्नुभयो ।

सभाका अध्यक्षज्यूको रुलिंग अनुसार सो सभामा नगर सभाका माननीय सदस्यज्यूहरु  विराजमान श्रेष्ठ,  हरिवंश चौलागाईं, सुशिला खड्का (थापा) र तारा नेपालीले प्रस्तुत वार्षिक बजेट तथा टेबल भएका विधेयकहरु माथि आ-आफ्ना सुझाव तथा जिज्ञासा राख्नु भएको थियो । लगत्तै सभाका माननीय सदस्य एवं नगर उपप्रमुख कमला बस्नेतले उठेका जिज्ञासाहरुको जवाफ दिए पश्चात सर्वसम्मत वार्षिक बजेट तथा टेवल भएका विधेयकहरु पारित भए संगै सभा सम्पन्न भएको घोषणा सभाका अध्यक्ष एवं नगर प्रमुख भरत बहादुर के.सी.ले गर्नुभयो ।

तस्विर: http://bhimeshwormun.gov.np/ne/thirdnagarsavaends

Fiscal Year: