FAQs Complain Problems

अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

मिति २०७४/०९/४ गते 

भीमेश्वर नगरपालिकाको आयोजना, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहयोग District Support Engineer को समन्वयमा एक दिने एकिकृत नगर विकास योजना तर्जुमामा पुनर्लाभ, पुनर्निर्माण तथा विपद जोखिम न्यूनिकरण कार्यक्रम भिमेश्वर नगरपालिका वडा नं ७ का वडाध्यक्ष कैलाश कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ । चरिकोट स्थित होटेल कुबेरको हलमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला समन्वय सचिवालयका प्रमुख सागर आचार्य, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख एकराज अधिकारीले मन्तव्य दिनुभएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अमर सुनुवार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) का पुनर्लाभ योजना सम्वन्धी विज्ञ रुद्र सापकोटाले आफ्नो प्रस्तुतिको क्रममा नगर योजना तर्जुमा अन्तर्गत नगरको वार्षिक तथा आवधिक कार्यक्रम तय गर्दा भूकम्प प्रभावित १४ जिल्ला अन्तर्गत स्थानीय तहले पुनर्लाभ, पुनर्निर्माण तथा विपद जोखिम न्यूनिकरण कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने भनाई राख्नुभएको थियो ।