समाचार
भीमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवस कार्यक्रम
भीमेश्वर नगरपालिकाले प्रदेश नं. ३ का मूख्यमन्त्री श्री डाेरमणी पाैंडेलकाे प्रमुख आथित्यतामा अाफ्नाे २३औं स्थापना दिवस मनायो । यसअघि दाेलखाका नगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुख र जिल्लास्थित कार्यालयका प्रमुखहरु बीच मैत्रीपूर्ण फूटबल खेल भएकाे थियोे । स्थापना दिवसको साे कार्यक्रममा भीमेश्वर नगरपालिकाकाे पार्वचित्र सार्वजनिक गरियो । वरिष्ठ कलाकार श्री मदनदास श्रेष्ठलाई उहाँको याेगदानकाे कदर गर्दै सम्मानित गरियो ।