समाचार
तेस्रो नगरसभा प्रारम्भ
भीमेश्वर नगरपालिकाको तेस्रो सभा मिति २०७५/०३/०८ शुक्रबारका दिन प्रारम्भ भयो | नगर प्रमुख भरत बहादुर के. सी. ज्यूले अध्यक्षता गर्नु भएको सो सभामा नगर उपप्रमुख कमला वस्नेतज्यूले आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो |
सभाका अध्यक्ष ज्यूको रुलिंग अनुसार सो सभामा नगरसभाका माननीय सदस्य विराजमान श्रेष्ठ र माननीय सदस्य हरीबंश चौलागाईंले नीति तथा कार्यक्रम उपर आफ्नो धारणा प्रस्तुत गर्नु भयो | सो सभामा अतिथिका रुपमा आमन्त्रित गरिनु भएका जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारीराज शिवाकोटी, बिगु गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्का तथा प्रमुख अतिथि एवं प्रतिनिधि सभाका माननीय सदस्य पार्वत गुरूंगज्यूले आफ्नो धारणा एवं सुझाव प्रस्तुत गर्नु भएको थियो | सभाका अध्यक्षवाट अर्को वैठक २०७५/३/९ गते बिहान १०:०० बजे वस्ने गरी स्थगन भयो |